काठमाडौंः नेपाली बजारमा साताको तेस्रो दिन आज अमेरिकी डलरसहित प्राय सबै देशको विनिभियदर बढेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ । यस्तै, जापानी येन, साउथ कोरियन वन र मलेसियन रिङ्गेटको मूल्य […]
जेष्ठ ३, काठमाडौं । स्थानीय बजारमा मंंगलवार सुनको मूल्य बढेको छ । यो दिन सुनको मूल्य एकैदिन प्रतितोला २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमवार सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यो दिन चाँदीको मूल्य पनि बढेको छ । यो दिन चाँदी प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, अन्तरराष्ट्रिय बजारमा भने यो दिन सुनको मूल्य घटेको छ । मंगलवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८२३ दशमलव ८० डलर पुगेको छ ।
त्यसैगरी, यो दिन डलरको मूल्य भने स्थिर रहेको छ । मंगलवा एक अमेरिकी डलरको विक्रीदर १२४ दशमलव २३ रुपैयाँ रहेको छ । अघिल्लो दिन पनि एक अमेरिकी डलर सोहि मूल्यमा विक्री भएको थियो ।