चाडपर्व फर्कि आयो तर छोरो आएन

वर्ष दिन पुरा भयो दसैँ फर्कि आयो तर मेरो छोरो आएनवर्ष दिन पूर्ण हुन्छ, दसैँ फर्कि आउँछ तर मेरो छोरो आउँदैनकस्तो छोरो जन्म दिएछु मैले कहिल्यै आमाबुबा भन्दैनगाको थियो परदेश धनकमाउनलाई तर छोरै फर्किआएनआयो त केवल उसको सम्झना हरपल हामी आमाबाबालाईआउँछन् अरुका छोरा बुहारी नाति नातिना, ल्याउँछन् कोशेलीहाम्राले के ल्याउथे र, फर्कि आउँदैनन् बुढा बाआमा सम्झीभन्थे बुढापाकाहरुले, बाह्र वर्षमा खोला समेत फर्किन्छ भनेर तर, हाम्रा सन्तानहरु फर्केनन् बुढा बाआमालाई सम्झेर हामी तेल सकिन लागेको दियोझै भएका