तरकारी खाल्डोमा गाडेको विषयमा चर्को आलोचनापछि महानगरले निर्णय सच्यायो

पोखरा महानगरमा भएको सर्वपक्षीय बैठकको गत जेठ ११ गते एउटा निर्णय गर्यो, पोखरा महानगरलाई कोरोनाबाट सुरक्षित बनाउन बाह्य जिल्लाबाट तरकारी आयात नगर्ने । पोखरा महानगरपालिका वडा नं. १५ का स्थानीयले जेठ १५ गते तरकारी र फलफूल बोकेका ६ वटा ट्रक नियन्त्रणमा लिई डोजर बोलाएर खाल्डो खनेर गाडिदिए । पोखरा ३३ बागमारामा पनि भोलिपल्ट तरकारी त्यसरी नै गरी गाडियो ।