नेपालको पहिलो बैंक अर्थात नेपाल बैंक लिमिटेड आजबाट ८६ वर्षमा प्रवेश गरेको छ । वि.स १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंक आजदेखि ८६ वर्षमा प्रवेश गरेको हो ।
नेपाल बैंकले १९९४ सालदेखि २०१३ सालसम्म केन्द्रीय बैंकको भूमिका निर्वाह गरेको थियो । त्यसपछि नेपाल राष्ट्र बैंकको स्थापना भयो र बैंकले विशुद्ध बैंकिङ सेवा मात्रै प्रदान गर्न थालेको थियो ।
बैंकमा नेपाल सरकारको...