माओवादीकै कारण जनताले बाेल्न पाउने अधिकार पाए : मुख्यमन्त्री भट्ट

डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माओवादीले देशमा आमूल परिवर्तन गरेकाे दाबी गर्नुभएकाे छ ।  नेकपा (माओवादी केन्द्र) डोटीले आज साेमवार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्ठन सुदृढीकरण अभियान एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले नेकपा माओवादीका कारण देशमा आमूल परिर्वतन भएको र नागरिकले बोल्न पाउने अधिकार पाएको बताउनुभयो । उहाँले भन्नुभयो, यो देशमा सबै चिजको परिर्वतन माओवादीले गरेको हो, जनताले निर्धक्कका साथ बोल्न पाएको र आफ्ना अधिकारका बारेमा बोल्न पाएक...