सत्तारूढ गठबन्धनकै विद्यार्थीले जलाए गृहमन्त्रीको पुतला (फोटो फिचर)

काठमाडौं : अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विषयलाई लिएर पाँच दलीय सत्तारूढ गठबन्धनमा विवाद उत्पन्न भएको छ। सरकारले एमसिसी अगाडि बढाउन थालेपछि गठबन्धनमा सहभागी विद्यार्थीहरू आन्दोलित भएका हुन्। सरकार सम्मिलित नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गृहमन्त्री बालकृष्ण खाँणको पुतला जलाएका छन्। गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाउनेलाई कारबाही गर्ने विज्ञप्ति जारी गरेपछि अनेरास्ववियुले थप विरोध