यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार बागमती प्रदेशमा सत्ता गठबन्धनलाई सरकार बनाउन सहज हुने भएको छ । सत्ता गठबन्धनमा रहेका दलहरूले प्रदेश सभामा जितेको सङ्ख्याका आधारमा सत्ता गठबन्धनका रहेका दलहरूको सरकारलाई निरन्तरता दिन सहज हुने भएको हो । ११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा सरकार गठनका लागि ५६ जना प्रदेश सभा सदस्य आवश्यक पर्छ । प्रदेश सभा निर्वाचनको परिणामअनुसार यस प्रदेशमा कुनै पनि एक दलको सरकार बनाउन एकल बहुमत भने नपुग्ने भएको छ ।