मोदनाथ प्रश्रित र वरिष्ठ गायक प्रेमध्वज प्रधान अस्पताल भर्ना

काठमाडाैं :  पूर्वमन्त्री तथा नेकपा एमालेका पुराना नेता मोदनाथ प्रश्रित कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका छन्। उनका छोरा तथा एमाले नेता विजय पौडेलका अनुसार उनलाई आजै मनमोहन अस्पताल स्वयम्भूमा भर्ना गरिएको छ।यसअघि मुटुसम्बन्धी समस्या रहेका प्रख्यात लेखक प्रश्रित पछिल्लो कालमा राजनीतिभन्दा साहित्य र सांस्कृतिक फाँटमा सक्रिय रहँदै आएका छन्। २०२३ सालमा मदन पुरस्कारबाट सम्मानित प्रश्रित १९९९ सालमा अर्घाखाँचीमा जन्मिएका हुन्। उनी हाल काठमाडौंको थानकोटमा बस्दै आएका छन्।