रुस र युक्रेन दोस्रो चरणको वार्तामा जुट्दैछन् । यो वार्ता बेलारुसको बेलोभेज्स्काया पुस्चामा हुँदैछ ।
युक्रेनको प्रतिनिधिमण्डल रुससँगको दोस्रो चरणको वार्ताका लागि प्रस्थान गरेको रोयटर्सले जनाएको छ । तर आ–आफ्नै अडानका कारण दोस्रो चरणको वार्ता सकारात्मक हुने सम्भावना कम छ । रुसले गएको बिहीवारदेखि युक्रेनमा आक्रमण सुरु गरेको हो ।
आक्रमण रोकिएको छैन । युक्रेनका मुख्य सहरमा आक्रमणका घटना भइरहेका छन् । आक्रमण सुरु भएको पाँचौँ दिन पहिलो चरणमा वार्ता भए पनि सहमति हुन सकेन । युक्रेनले रुसले युद्ध रोक्नुपर्ने र आफ्ना सेना...