महालक्ष्मी विकास बैंकद्वारा तीज विशेष ‘नारी सम्मान अभियान’ सार्वजनिक

काठमाडौँ। महालक्ष्मी विकास बैंकले हरितालिका तीज २०७९ को अवसरमा नारीलाई लक्षित गरेर “नारी सम्मान अभियान” सार्वजनिक गरेको छ। भाद्र महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङका साथसाथै लकर सेवामा ५० प्रतिशत छुट प्रदान गरिने कुरा बैंकले जनाएको छ।