विराटनगर – आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा मोरङ क्षेत्र नम्बर १ मा मुख्यगरी दुई उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नम्बर १ को अवस्था हेर्दा एमाले उम्मेदवार घनश्याम खतिवडा र नेपाली कांग्रेसका डिगबहादुर लिम्बूबीच प्रतिस्पर्धा हुने देखिन्छ । लिम्बू माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीसहितको सत्तागठबन्धनबाट प्रतिस्पर्धामा उत्रिनु भएको छ ।
संसदीय चुनावमा खतिवडा र लिम्बूको यो तेस्राे भेट हो । यसअघि उहाँहरुबीच तत्कालीन लेटाङ गाविसको अध्यक्षमा प्रतिस्पर्धा भएको थियो । लेटाङ नगरप...