प्रतिष्ठानको विकास गर्न पहल गर्ने उपकुलपति लामिछानेको प्रतिबद्धता
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने र रजिस्ट्रार प्रकाश थापाले प्रतिष्ठानकाको विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नवलपुरको कावासोतीमा बनाउने भनिएको नमूना सदरमुकाम निर्माण प्रकृयालाई छिटो र सहज बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
काठमाडौं। पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको काम १५ महीनामा सम्पन्न गर्ने चिनियाँ पक्षले प्रतिबद्धता व्यक्त गरेको छ । दुईपटक म्याद थप्दासमेत काम सम्पन्न नभएको र थपिएको म्यादमा समेत काम नहुने अवस्थामा चिनियाँ निर्माण कम्पनीले १५ महीनामा काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
राजनीतिक दलको दबाब र जनचासो बढेपछि सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एशियाली विकास बैंक–एडीबी)ले बिहीवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । उक्त अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमै काम सम्पन्न गर्न लागिपरेको बताए । निर्माण कम्पनीलाई निरन्तर दबाब दिइएकाले पछिल्लो समय कामले गति लिएको पनि उनले बताए । सरकारले महत्त्वका साथ अघि बढाएका सडक परियोजना समयमै सम्पन्न गराउन आवश्यक पहल र निरन्तर समन्वय गरिएको उनको भनाइ छ ।
विद्युत् पोल, वनको समस्या, खानेपानी, स्थानीय तहबाट निर्माण सामग्री उत्खननमा भएको अवरोध र कोरोना महामारीका कारण सडक विस्तारमा ढिलाइ भएको मन्त्री ज्वालाले बताए । ‘अब समस्या पहिचान भएको छ,’ मन्त्री ज्वालाले भने, ‘सबैतर्फ समन्वय गरेर काम सम्पन्न गरिनेछ ।’ उनले सबै सडक एकैपटक भत्काउन नहुने तर्क गर्दै भने, ‘अब नारायणगढ–बुटवल सडक खण्डमा एकतर्फी दुई लेनको सडक बनाइसकेर अर्काे भत्काउने धनीति लिनेछौं ।’
निरन्तर दबाबपछि निर्माणमा तीव्रता आएको भौतिक पूर्वाधारमन्त्रीको दाबी
निर्देशनालयका आयोजना निर्देशक चूडाराज ढकालले विगतमा भन्दा पछिल्लो समय कामले तीव्रता लिएको बताए । अहिले मासिक २ प्रतिशतले प्रगति भएको र यसलाई बढाएर ४/५ प्रतिशत पुर्याउने गरी काम गरिने उनको भनाइ छ । बिजुलीका पोल, साइट क्लियरजस्ता समस्याभन्दा पनि अहिले निर्माण सामग्रीको अपर्याप्तता समस्या भएको उनको भनाइ छ ।
आयोजना निर्देशक ढकालका अनुसार निर्माण व्यवसायीलाई तोकिएको समयमा काम सम्पन्न गर्न बारम्बार पत्राचार, बैठक, दुईपटक ठेक्का तोड्नेसम्मको चेतावनीपत्र दिइसकिएको छ । ‘निर्माण व्यवसायीको केन्द्रीय कार्यालयलाई समेत केकति कारणले काम ढिलो भएको र के कसरी समयमै सम्पन्न गर्ने योजना छ ? भनी जवाफदेही बन्न र प्रतिबद्धता पेश गर्न पत्राचार गरिएको थियो,’ ढकालले भने, ‘त्यसपछि केही दिनअघि मात्रै आगामी १५ महीनामा काम सम्पन्न गर्ने प्रतिबद्धतासहित योजना पेश गरिएको छ ।’
११३ किलोमीटरको उक्त खण्डमा ७० किलोमीटर ४ लेन र २९ किलोमीटर ४ लेनसहित दुईतर्फ ६/६ मीटरको सर्भिस लेनमा विस्तार हुनेछ । दाउन्ने खण्डको १४ किलोमीटरमा भने ३ लेनमा सडक विस्तार हुनेछ । निर्देशनालयका अनुसार ६४ ओटा पुल, ४३२ कल्भर्ट, १२९ दशमलव १६ किलोमीटर नालालगायत संरचना निर्माण गर्नुपर्नेछ । हालसम्म ४० किलोमीटर २ लेन कालोपत्र सडक, ३८ ओटा पुल, २९५ ओटा कल्भर्टलगायत निर्माण भएका छन् ।
यो सडक खण्ड बनाउन चिनियाँ कम्पनीसँग सरकारले २०१८ डिसेम्बर १९ मा सम्झौता गरेको थियो । सन् २०२२ अगस्त २२ मा सम्पन्न गर्ने भनिए पनि हालसम्म निर्माण भइसकेको छैन ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष(युएनएफपिए)ले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताहरूले आर्थिक विकास र समावेशितालाई प्राथमिकतामा राखेर सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा थप पहल कदम चाल्न सुझाएका हुन्।
गण्डकी – गण्डकी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवालाई चुस्त बनाउन आवश्यक नीतिगत र व्यवस्थापकीय सुधार गरिने प्रतिबद्धता जनाएका छन् । बुधबार पोखरास्थित यातायात व्यवस्था कार्यालयको अनुगमनका क्रममा उनले सेवाग्राहीबाट आएका गुनासा र समस्या समाधानका लागि मन्त्रालय तहबाट पहल र सहजीकरण गर्ने बताए। […]
रुङ समुदायको महान् पर्व तमु ल्होसार, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले प्रदेशका गुरुङ समुदायको भाषा, धर्म, संस्कृतिको विकास र समृद्धिका लागि प्रदेश सरकारले पहल गर्दै आएको र आगामी दिनमा समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...
रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको विविधितालाई सम्पत्तिका रूपमा ग्रहण गरी सरकार अगाडि बढेको बताएका छन् । गुरुङ समुदायको महान् पर्व तमु ल्होसार, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले प्रदेशका गुरुङ समुदायको भाषा, धर्म, संस्कृतिको विकास र समृद्धिका लागि प्रदेश सरकारले पहल गर्दै आएको र आगामी दिनमा समेत पहल गर्ने प्रतिबद्धता […]
२१ कात्तिक, बुटवल । रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वएमाले नेता घनश्याम भूसालले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । प्रतिबद्धतापत्रमा देवदहलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्न पहल गर्ने, रुपन्देहीको दक्षिणी क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार कम भएकाले समानुपातिक ढंगले विकास गर्ने उल्लेख छ । यस्तै पालिकास्तरीय अस्पताल निर्माण गर्ने र प्रत्येक वडामा स्वास्थ्यचौकी बनाउने, अव्यवस्थित […]
सुदूरपश्चिम, २० वैशाख । स्थानीय तहको निर्वाचन आउन १० दिन बाँकी रहँदा धनगढी उपमहानगरपालिकाका उम्मेदवारले आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रण गर्दै आ–आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । सत्ता साझेदार दल र तिनका उम्मेदवारले सोमबार सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा व्यवस्थित, समुन्नत र हराभरा सहरको विकास गर्दै उपमहानगरलाई महानगर बनाउन पहल गर्ने उल्लेख गरिएको […]
काठमाडौं । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचकलाई उच्च प्राथमिकता दिई कार्य गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतवारको बैठकपछि सभापति तारादेवी भट्टले विषयगत मन्त्रालयले दिगो विकास लक्ष्यबारे गरेको प्रगति, चुनौती तथा समाधानका उपायबारे छलफल र अनुगमन गर्नुपर्ने जरुरी रहेको भन्दै समितिले दिएका निर्देशनको अनुगमन गरिने जानकारी दिइन् ।
समितिको बैठकले दिगो विकास लक्ष्य हासिल गर्न प्रदेशसँग सहकार्य गर्नुपर्ने र दिगो विकास लक्ष्यलाई स्थानीयकरण गरी स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै तीनओटै तहसँग समन्वय गरी दिगो विकास लक्ष्य प्राप्तितर्फ पहल गर्ने निर्णय गरेको छ ।
समितिको बैठकले संसद् र प्रदेशसभाको भूमिका प्रभावकारी बनाउन समितिले पहल र समन्वय गर्दै प्रदेशका एसडीजी च्याम्पियनमा मानिसमार्फत दिगो विकास लक्ष्यलाई बढीभन्दा बढी स्थानीयकरण गर्न सहयोग गर्ने तथा बन्दाबन्दीले गर्दा असर परेको धुलिखेल घोषणापत्र (दिगो विकास लक्ष्यप्रति संसद्को प्रतिबद्धतापत्र) को पुनःकार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । रासस