एजेन्सी। टोकियो ओलम्पिकमा रजत पदक जित्न सफल भारोत्तोलन खेलाडी माराबाई चानूलाई प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। मिराबाईले ४९ केजी तौल समूहमा स्न्याचमा ८७ र क्लिन एण्ड जर्कमा ११५ किलो गरी कुल २०२ किलो तौल उचाल्दै रजत पदक जितेकी थिइन्। मोदीले शुरुआत राम्रो भएको र उनको सफलताले अन्य खेलाडीलाई प्रेरणा मिल्ने बताए। यस प्रतिस्पर्धाले चीनकी होउ जिहूईले स्वर्ण पदक जितिन्।