लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व तहमा उत्पन्न पछिल्ला विवादले राजनीतिक क्षेत्र परिदृश्य तातिएको छ । कार्यकर्ता तहमा घर झगडाकै कारण पार्टी कतै विभाजनमा पुग्ने त होइन भन्ने संशय उत्पन्न भएको छ । गत निर्वाचनमा वाम गठबन्धनका माध्यमबाट करीब दुई तिहाइको जनादेशपछि जनभावनानुसार एकताबद्ध नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका पाँच सदस्यका असन्तुष्टि र आरोपपत्र सार्वजनिक भएपछि अब हुने सचिवालयको बैठकमा अध्यक्ष अध्यक्ष ओलीले प्रस्तुत गर्ने जवाफलाई प्रतीक्षाका साथ हेरिएको छ । यसै सन्दर्भमा नेकपा स्थायी कमिटी सदस्य एवं प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालसँग राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता प्रकाश सिलवालले गरेको कुराकानीको सम्पादित विवरण