काठमाडौं : देशभर एक वर्षमा विद्यालयको संख्या १ हजार ३ सय ६ ले घटेको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७८/०७९ मा विद्यालय संख्या घटेको तथ्यांक आएको हो।सर्वेक्षणमा २०७७ सालमा कुल निजी र सामुदायिक गरी ३५ हजार ६ सय ७४ विद्यालय थिए। ०७८ मा भने यो संख्या घटेर ३४ हजार ३ सय ६८ आइपुगेको छ। विद्यालय बन्द र समायोजन भएकाले विद्यालय संख्या घटेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।सर्वेक्षणको तथ्यांकअनुसार अहिले देशभर सरकारी विद्यालय २६ हजार ४ सय ५४, निजी विद्यालय ६ हजार ७ सय ६० र धार्मिक