नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले बलात्कार घटनामा हदम्याद बढाउन माग गरेको छ । नेविसङ्घले आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’लाई भेटेर बलात्कार घटनामा हदम्यादको व्यवस्था संशोधन गर्न माग गरेको हो । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले एक वर्षे हदम्यादका कारण बलात्कारबाट पीडित महिलाले न्याय पाउने अवस्थाबाट बञ्चित हुन परेको …