उपभोक्ता समितिको विरोध, मुख्यमन्त्री कार्यालयअघि धर्ना

बागमती प्रदेश सरकारले वन पैदावार (काठ-दाउरा) बिक्री करमा दोब्बर बनाएपछि उपभोक्ता समितिहरुले विरोध गरेका छन् । वन पैदावार बिक्रीमा लगाइँदै आइएको १० प्रतिशत कर बढाएर चालु आव २०८०-८१ बाट २० प्रतिशत पुर्‍याइएपछि उपभोक्ता समितिले आपत्ति जनाएका हुन् । वन र पर्यावरण संरक्षणको जिम्मेवारी लिएर काम गरिरहेका उपभोक्ता समितिमाथि प्रदेश सरकारले अनावश्यक कर थोपरेको भन्दै उनीहरुले […]