थप २३ लाख ४० हजार मोर्डना खोप आउँदै

नेपालमा थप २३ लाख ४० हजार मात्रा कोभिड १९ विरुद्धको मोर्डना खोप ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार विश्व बैंकको ऋण सहयोगमा सोमबार र मंगलबार गरी २३ लाख ४० हजार मात्रा मोर्डना खोप आउन लागेको हो । मन्त्रालयका अनुसार सोमबार साँझ साढे ७ बजे ११ लाख ७० हजार मात्रा खोप आउँदैछ भने मंगलबार बिहान ९ बजे पनि सोही संख्यामा खोप आउने स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाका सुरेन्द्र चौरसियाले रातोपाटीलाई जानकारी दिए । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहलाई लगाइने मन्त्रालयले जानकारी

सम्बन्धित सामग्री

आज २३ लाख ४० हजार मोर्डना खोप नेपाल आउँदै

काठमाडौं । कोरोना विरुद्ध बालबालिकाले लगाउने २३ लाख ४० हजार डोज मोडर्नाको खोप आज नेपाल आउँदै छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार आज २३ लाख ४० हजार डोज खोप नेपाल आउन लागेको बताउनु भयो । यसअघि हिजो पनि १६ लाख ६० हजार डोज मोर्डना खोप आइसकेको छ […]