स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम असार १ गतेबाट सुरुवात गर्दैछ । सुरुवातमा १० वटा अस्पतालमा लागू गरिने उक्त कार्यक्रमको प्रभावकारिता र कार्यान्वयनमै शंका उत्पन्न हुन थालेको छ । चिकित्सकहरुले सो कार्यक्रमप्रति असहमति जनाउँदा कार्यान्वयनमा आशंका बढेको हो ।स्वास्थ्य मन्त्रालयले उक्त कार्यक्रम पहिलो चरणमा राष्ट्रिय ट्रमा सेन्टर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, प्यूठान अस