सपना लुटिएकाे त्याे रातः अझै झस्किनुहुन्छ पहिरोमा पुरिएका गोवासिंह

सङ्खुवासभाको सिलिचोङ–१ सिसुवाखोला बेसिन्दामा गएको पहिरोमा पुरिएर जीवितै उद्धार गरिएका ७९ वर्षीय गोवासिंह राई अझै पनि साता दिनअघि गएको पहिरोको झझल्कोमा हुनुहुन्छ । जिल्ला अस्पताल खाँदबारीमा उपचार गरिरहेका गोवासिंह निद्रामा पनि पहिरोले लग्यो भन्दै बर्बराउनुहुन्छ । झपक्क निदाउन खोज्दा त्यही पहिलेको झझल्को आएपछि चिच्याउनुहुन्छ र बर्बराउन थाल्नुहुन्छ । “मेरो जीवनको ७९औँ वसन्तमा त्यो दुःखद् रात आयो र गयो पनि”, उहाँले भन्नुभयो, “त्यही रातको नियति अहिले अस्पतालको श्ययामा भोगिरहेको छु ।” मुसलधारे वर्षा बर्सिएको कालो रातको सम्झनाले अझै पनि उहाँलाई झस्काइरहेको छ । “रातभर पहिरोमै पुरिएर घिटीघिटीको अवस्थापछि मेरो उद्धार भएको हो”, उहाँले त्यो रात सम्झँदै भन्नुभयो, “पहिरोसँगै ढुङ्गा र माटो धेरै पटका निलेँ । हातखुट्टा र शरीर पूरै पुरिएको थियो ।”

सम्बन्धित सामग्री

सपना उद्योग

यतिबेला देशका प्रमुख राजनीतिक दलहरू महाधिवेशनको तयारीमा जुटेका छन् । यसो भनौं उनीहरू नयाँ सपना देख्ने र देखाउने उद्योगधन्दामा व्यस्त छन् । त्यसो त शहर शहरमा, गाउँगाउँमा विविध सपनाको जादू देखाउनेहरू धेरै नै छन् । मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षहरूले देखाएका सपना पछ्याउने हामी सर्वसाधारणहरू त झन् धेरै छौं । पुस्ताैंपुस्तादेखि सपनाहरू देख्ने र देखाउनेको सपना शृंखला जारी छ । कोही बीपीको सपना भन्छन्, कोही पुष्पलालको त कोही शहीदको । सातु बेचेर सम्पन्न भएको दिवास्वप्न देख्ने सोम शर्माको देश पो त हाम्रो । अनि सोम शर्माको बिँडो थाम्दै अहोरात्र सपना देख्ने र देखाउने काममा जुट्नु परेन ? त्यसमा पनि सपनाका पछाडि कुद्ने यति ठूलो जमात देशमा भएसम्म अरू के चाहियो र ? संसारले चन्द्र र मंगलमा बस्ती बसाउने सपना देखिरहँदा यहाँ हामी बाँचेको पुस्ताले भने उही पुरानै सपना सँगालेर बसेको छ । आफ्ना सुक्खा खेतहरूमा बाली उमारेको सपना देख्छ र विपनामा खेत सुक्खाको सुक्खै वा बाढीले डुबाएको बगाएको देख्छ । नेपालमा सबैभन्दा राम्रो हुने नै सपनाको खेती हो । खेती सप्रिएपछि यसैको उद्योग खोल्ने हो । त्यही उद्योगको नाम हो पार्टी र यसका जागिरे हुन् कार्यकर्ता । तर कार्यकर्तालाई पार्टीको कोषबाट होइन, राज्यको कोषबाट जागिर खुवाइन्छ । त्यही भएर दल मोटाउने र देश दुब्लाउने क्रम जारी छ । सपना पूरा गरिदिने वाचा लिएर नेतृत्वमा पुगेकाहरू कतिपय आफ्नो चैं सपना पूरा गरेर दृश्यबाट अलग भएका भयै छन् । कोही अझै मैदानमै डटेका छन् । सपना देख्नेहरूले पनि आफ्ना सपनालाई फेरि नयाँ रूपमा प्रकट गर्छन् र आफ्ना सपना पूरा गरिदिने नयाँ पात्रको खोजी गरिरहन्छन् । फेरि नयाँ पात्रले पनि पुरानैले जसरी सपनाहरूलाई धोखा दिएर आफू चैं अघि बढ्छन् । यो क्रम पनि निरन्तर छ । संसारले चन्द्र र मंगलमा बस्ती बसाउने सपना देखिरहँदा यहाँ हामी बाँचेको पुस्ताले भने उही पुरानै सपना सँगालेर बसेको छ । आफ्ना सुक्खा खेतहरूमा बाली उमारेको सपना देख्छ र विपनामा खेत सुक्खाको सुक्खै वा बाढीले डुबाएको बगाएको देख्छ । दुई छाकको जोहो गर्न शहर पसेर सत्तासँग हार गुहार गर्छ । आफू र आफ्ना लालाबालाका लागि न्यानो नाना र नचुहिने छानाको सपना देख्छ । बैंकले नपत्याए पनि कुनै साहूले ऋण पत्याए खाडीमा गएर पैसा कमाउने र ‘चालीस कटेसी रमाउने’ सपना देख्छ । बाउआमाले जसोतसो गरेको आर्जनबाट जीविका चलाउन पाएका युवाचाहिँ शहरमा सानोतिनो जागीर खाने सपना देख्छन् । मध्यम र उच्च मध्यम वर्गका युवाको सपना त अमेरिका र बेलायत वा न्यूजील्याण्ड र अस्ट्रेलियाका कलेज धाउने र सके राम्रै कमाउने रंगीन सपना देख्छन् । पहिले त उनीहरू अमेरिकाको डीभी भर्छन् वा कुनै देशको पीआर ट्राई गर्छन् । उनीहरूका बाउआमाका सपना पनि छोराछोरी विदेश गए ‘तेल भिसा’मा उतै पस्ने र पाए उतै बस्ने हुन्छ । छोराछोरीका सपनाहरूको गोडमेल र संरक्षण गर्ने क्रममा अझ कहर खेप्न र आफ्ना सपनाहरू थन्क्याउन विवश पनि छन् थुप्रै अभिभावकहरू । आफ्ना सपना पूरा गर्ने क्रममा कोही देशभित्रै त कोही विदेशमा पुलिस कस्टडीमा पुग्छन् त कोही तातो गोली समेत खान पुग्छन् । यस क्रममा कोही शहीद बन्छन् त कोही बनाइन्छन् । शहीदका सपना पूरा गर्ने नाममा पनि थुप्रैले आफ्ना सपना पूरा गर्न भ्याउँछन् । सपनाका व्यापारीहरू फेरि फेरि नयाँ नयाँ सपनाको जालो बुनिरहन्छन् । र, हाम्रा पुराना सपनाका मूर्तिहरूलाई नयाँ नयाँ भोटो लगाएर प्रदर्शन पनि गरिरहन्छन् । नयाँ धर्मको सपना, नयाँ स्वर्गको सपना, नयाँ पापमोक्षको सपना देखाउने व्यापार त झन् फस्टाएको छ । शुभलाभको गणितमा निष्ठाको हिसाब हुँदो रहेनछ । यसरी आफ्ना सपना पूरा गर्न टाठाबाठाहरू सिंगापुर र स्वीट्जरल्याण्डको सपना बेच्छन् । त्यसलाई धेरैले पत्याइदिन्छन् र त यहाँ सपना देखाउनेहरूको भाग्य चम्केको छ । यसरी हाम्रो पुस्ताको थुप्रै सपना भने भष्मीभूत हुने क्रममा छ । तर हरेक सपनाको आफ्नै मूल्य हुन्छ, जुन हाम्रो पुस्ताले चुकाइरहेकै छ । समानताको सपना देखाएर हजारौंका सिन्दूर पुछेर आफूलाई सिंहासनमा सजाउने काम दश वर्ष त मजैले चल्यो । पगरी बाँध्ने सपना देखेर लगौंटी गुमाउनेहरू थुप्रै भए देशमा । सपना पनि केही पुराना छन् । केही भर्खरका छन् । केही साना छन् । केही चर्का छन् । हाम्रा सपना सस्तो हो कि महँगो हो भन्ने कुरा लेखापरीक्षकले बताउन नसके पनि भविष्यले चैं अवश्य बताउला । तर हाम्रा सपना हराएका छैनन् र सजिलै हराउनेवाला पनि छैनन् । ‘सास रहेसम्म आश’ भनेजस्तो हाम्रा सपना कुनै न कुनै दिन पूरा हुने नै छ भनेर झीनो आशामा हामी कुदिरहेकै छौं । तर सपना देखेर मात्र हुँदो रहेनछ । सपनालाई विपनामा बदल्न त्यसको गोडमेल र संरक्षणमा पनि लाग्नुपर्दाे रहेछ । के हामीले हाम्रो सम्भावनाका सपनाहरूको संरक्षण र संवद्र्धनमा सधैं लागिपरेका छौं त ? र, हाम्रो सपनाहरूलाई बिगार्न र बिथोल्न खोज्नेहरूलाई हामीले बारम्बार प्रश्न गरिरहेका छौं त ? आजको मूल प्रश्न यही हो । तर हामी प्रश्न गर्दैनौं । हामी कि आँखा चिम्लेर बस्छौं, कि गाली गर्छौं, कि स्तुतिमा रमाउँछौं । किनकि हाम्रो आफ्नो कुनै सपना नै छैन । बहादुर भनेर कसैले पिठ्युँमा धाप मारेकै भरमा मर्न तयार हुने जातिको आफ्नो कुनै सपना हुन्छ र ? अर्काको सपना साकार पार्न आफ्नालाई सिध्याउने अनि आफू पनि सकिने जातिको पनि आफ्नो कुनै सपना हुन्छ र ? यस्तो भइरहुन्जेल नेपालमा फस्टाउने भनेकै सपनाको व्यापार हो है ! त्यसैले होला स्वदेशी होस् वा विदेशी लगानी सबै सपना उद्योगमै खर्च भइरहेको । विना लगानीको यो सपनाको उद्योग छैन त गज्जप ?

कर्णालीका नागरिकलाई धनी बनाउने सपना छ : कर्णाली प्रदेशका मन्त्री शर्मा

रुकुम पश्चिम – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले कर्णालीका प्रत्येक नागरिकलाई धनी बनाउने आफ्नो सपना रहेको बताउनुभएको छ । उहाँले अझ रुकुमका नागरिकलाई कसरी स्वरोजगार बनाउने र कसरी समृद्ध समाज बनाउने भनेर प्रदेश सरकार विभिन्न योजना बनाएर कार्यान्वयनतर्फ लागेको उल्लेख गर्नुभयो ।  आज आइतवार रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्थानीय प्रगतिशील युवा क्लबले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको खेलकुद तथा सांस्कृतिक कार्यक्रममा बोल्नु हुँदै मन्त्री शर्माले गरिबलाई धनी र धनीलाई समुन्नत ब...

दशैंमा इन्द्रेणी सपना : आकाश कि सागर ?

तपाईंलाई थाहा छ, इन्द्रेणी किन ठिक्क उचाइमा देखिन्छ ? अझ भनौं किन इन्द्रेणी न धेरै पर हुन्छ, न धेरै नजिक ? तपार्ईंको दिमाग पक्का विज्ञानका परिभाषा पल्टाउन आतुर होला यो प्रश्न सुन्दा ? ल सुन्नुस्, म सुनाउँछु एउटा कथा– भगवान इन्द्र एकदिन बडो प्रशन्न मुद्रामा रहेछन्, ७ लोक १४ भुवनको रङ्गिन यात्रा गर्दै, मनमोहक प्राकृतिक […]

काठमाडौँ, एउटा बिरानो सहर!

सपनाको सागर बोकेर हिँडेको म  कहिले त्यो गल्ली या ठूला-ठूला निर्माण गरिएका सडक  उक्लँदो जीवनको जोस-जाँगर  अझै पनि मेरा लागि  काठमाडौँ, एउटा बिरानो सहर।

सेती नदीले बगायो चैनपुरबासीको पानी पिउने सपना

यसअघि लकडाउनका कारण आयोजनाको काम प्रभावित भएको थियो । अहिले सेती नदीले आयोजनालाई क्षति पुर्‍याएसँगै चैनपुरबासीको घरमै आयोजनाको पानी उपभोग गर्ने सपना पूरा हुन अझै समय लाग्ने भएको छ ।

प्रकाश सपुतले किने आधा करोडको कार!

प्रकाशले भने, 'झन्डै नौं वर्षअघि करिअर बनाउने सपना बोकेर काठमाडौं आएको थिएँ। बाग्लुङबाट नाइट बसको सिट नं ११ मा बसेर काठमाडौं आएको मलाई अझैं याद छ।’

अझै सेतो कोट लगाउने सपना देख्ने?

एकचोटी मनन गरौँ त यस्तो महामारीमा एक दिन मात्र उनीहरू हात बाँधेर बसिदिने हो भने यहाँ सबै  ठाउँ मसान घाट बन्ने छ। उनीहरूले आफ्नो प्राणलाई हत्केलामा राखेकाले आज हामी र हाम्रो परिवार मृत्युसङ्ग जम्का भेट गरेर मृत्युको मुखबाट फर्किएका छौं।

मेलम्चीले अझै दिएन उपभोक्तालाई राहत

एक महिना अघिदेखि राजधानीमा  मेलम्चीको  खानेपानी  वितरण सुरु गरिए पनि आमउपभोक्ताले अझै राहतको अनुभव गर्न पाएका छैनन् ।कतिपय स्थानमा त मेलम्ची आएपछि झनै अस्तव्यस्त भएको  छ ।  भएका पाइप फुटेका छन भने मर्मत पनि सुस्त छ । पुरानै पाइप  लाइनबाट वितरण गरिएको मेलम्चीको पानी नयाँ पाइप लाइनबाट  वितरण गर्न परीक्षण भइरहेको छ ।राजधानीको बल्खु, कोटेश्वर, सहयोगी नगरलगायतका स्थानमा दसौँ वर्षदेखि पानी आएको छैन र मेलम्ची आएपछि पानी  पाइने  आशा  सपनामै सीमित भएको छ

प्रधानमन्त्रीज्यू, तपाईंको झुटा भाषण सुन्दा ताजुब लाग्छ

प्रधानमन्त्रीज्यू, तपाईं पानीजहाजको कुरा गर्नु हुन्थ्यो। अझै पनि गाउँमा घण्टौँ लगाएर पानी लिन पँधेरो जानु हुन्छ। अब भन्नुस्, म पानीजहाजको सपना देखेर पानी खान छोडिदिउँ?

प्रधानमन्त्रीज्यू, तपाईंको झुटा भाषण सुन्दा ताजुब लाग्छ

प्रधानमन्त्रीज्यू, तपाईं पानीजहाजको कुरा गर्नु हुन्थ्यो। अझै पनि गाउँमा घण्टौँ लगाएर पानी लिन पँधेरो जानु हुन्छ। अब भन्नुस्, म पानीजहाजको सपना देखेर पानी खान छोडिदिउँ?