काठमाडौं । अविरल वर्षाका कारण ९ असोजदेखि बन्द रहेको बीपी राजमार्ग सञ्चालनमा आएको छ। राजमार्ग खुले पनि तत्कालका लागि साना सवारीसाधन मात्र सञ्चालनमा आएका छन्। सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार रोशी खोलामा आएको बाढीले क्षति पुर्याएका स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएपछि सवारीसाधन सञ्चालनमा ल्याइएको हो। बाढीका कारण नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को […]