प्रदेश १ मा चाडपर्व लक्षित सुरक्षामा सात हजार प्रहरी खटिने

काठमाडौँ – चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षाका लागि प्रदेश १ मा करिब ७ हजार प्रहरी खटिने भएका छन्। १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीका अनुसार दसैँबाट छठसम्मका लागि प्रदेशमा हुन सक्ने अपराधिक घटना र कोभिड नियन्त्रणका लागि विभिन्न रणनीतिसहित ६ हजार ९ सय २३ जना प्रहरी सुरक्षार्थ खटिने भएका छन्। […]