शुक्रवार बस्ने प्रतिनिधि सभा बैठकमा दलीय आधारमा सांसदहरुले सम्बोधन गर्ने भएका छन् ।
पुनःस्थापित प्रतिनिधि सभाका तीनवटा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएका थिए ।
शुक्रवार दिउसो १ बजेका लागि बोलाइएको बैठकमा दलीय आधारमा सम्वोधनको लागि समय छुट्याइएको संघीय संसद सचिवालय स्रोतले जानकारी दियो ।
नेकपा एमालेका तर्फबाट प्रदीप ज्ञवालीले बोल्ने छन भने कांग्रेस र नेकपा माओवादी केन्द्रले अहिलेसम्म नाम दिएका छैनन् ।
प्रतिनिधि सभा बैठकको लागि पूर्व सांसद अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने लग...