यामाहा मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले भृकुटीमण्डपमा चलिरहेको एक्सचेन्ज क्याम्पमा टेष्ट राइड गर्ने मध्य प्रत्येक दिन एक जनालाई लक्की ड्र मार्फत सुनको सिक्का दिइने कम्पनीले जनाएको छ
अर्थतन्त्र संकटोन्मुख रहेको अवस्थामा पनि असर्फी (सुनको सिक्का) र स्मारिका (चाँदीको सिक्का) को माग बढेको छ । मुलुकमा विदेशी मुद्राको सञ्चिति घटिरहेकाले सरकारले कार, मोटरसाइकल, रक्सी र मोबाइलको आयातमा रोक लगाएको छ । सुनको दैनिक आयात सीमा घटाएको छ भने चाँदीको भन्सार कर बढाएको छ । तर, सुनचाँदी पसलहरूमा तिहारलाई लक्षित गरी सुन र चाँदीका सिक्का किन्नेको जमात भने बढिरहेको व्यवसायीहरू बताउँछन् । नेपालमा मुख्य रूपमा यस्ता सिक्का बिक्री गर्ने राष्ट्र बैंक टक्सार विभागको भनाइ पनि यही छ ।
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले नयाँ वर्ष २०७६ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘ह्याप्पी न्यु यामाहा’ नाम रहेको यो योजनामा यामाहाका सात सय जना ग्राहकले सुनको सिक्का जित्ने मौका पाउनेछन् ।
साथै, हरेक खरिदमा ग्राहकले एउटा स्क्र्याच कार्ड पाउनेछन्, जसमा ग्राहकले एक लाख रुपैयाँसम्म नगद छुट पाउने जनाएको छ । “नयाँ वर्ष योजनाले नयाँ वर्षको उल्लासलाई झन् बढाउने आशा हामीले गरेका छौं ।
महिन्द्रा टु ह्वीलर विक्री गर्दै आएको अग्नि ग्रुपअन्तर्गतको अग्नि मोटो इन्कले चाडपर्वको अवसरमा रानीहारदेखि थाइल्याण्ड भ्रमणसम्मका उपहार योजना ल्याएको छ। ‘महिन्द्रा सुनै सुनको वर्षा, रानीहारसँगै विदेशको यात्रा’ नामको यस योजनामा मोटरसाइकल वा स्कुटर खरिद गर्दा एउटा कुपन पाइन्छ। जुन कुपन स्क्र्याच गरेपछि ग्राहकले निश्चित उपहारको रुपमा एक तोलासम्म सुनको सिक्का पाउने कम्पनीले जनाएको छ। न्यूनतम…