कुस्ती टोली नर्वे प्रस्थान

विश्व कुस्ती च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली कुस्ती टोली बिहीबार नर्वेको ओस्लो प्रस्थान गरेको छ । अक्टोबर २ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ७४ केजीमा सुरेश चुनारा तथा ९७ केजीमा सुमिर शाहले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल कुस्ती संघका अध्यक्ष राज मोहम्मद अन्सारीले जनाएका छन् । प्रशिक्षकमा धरमराज यादव तथा टिम व्यवस्थापकमा साहिल अन्सारी रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबारै एक कार्यक्रमबीच बिदाइ  गरे ।