‘नो मास्क नो सर्भिस’ अभियान घोषणामै सीमित, मुख्यमन्त्री र मन्त्रीहरु नै लगाउँदैनन् मास्क

  जनकपुर । प्रदेश २ सरकारले कोभिड रोकथाम तथा नियन्त्रणका लागि भन्दै ‘नो मास्क नो सर्भिस’ अभियान सुरु गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले उक्त अभियान सञ्चालनको घोषणा गरेको भोलिपल्टै मुख्यमन्त्रीदेखि मन्त्रीहरु नै मास्कबिना सार्वजनिक कार्यक्रममा देखा परेका छन् ।मुख्यमन्त्री राउतको अध्यक्षतामा बसेको प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोभिड नियन्त्रण तथा रोकथामका लागि सर्वसाधारणमा जनचेतना जगाउन ‘नो मास्क नो सर्भिस’ अभियान चलाउने निर्णय गरेको थियो । ल