काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्। बुधवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा उनले उद्योगी व्यवसायीहरुलाई वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताए। उद्योग व्यवसायको सुरक्षामा गृह मन्त्रालय कुनैपनि काममा नचुक्ने प्रतिवद्धता उनले व्यक्त गरे। गृहमन्त्री लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने समेत बताए।