रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका सबै छुटे

पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा पक्राउ परेका सबै जना सोमबार रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक घटनामा पक्राउ परेका २४ जनाविरुद्ध अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाएको थियो ।