काठमाण्डाै - रामसीता विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना दिँदै विवाह पञ्चमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा रहेको बताउनुभयो । जनकपुरधामको निजी तथा सामुदायिक विद्यालयमा आजदेखि तीन दिनका लागि बिदा दिइएको छ ।
सीताराम विवाह पञ्चमी महोत्सवमा आउने तीर्थयात्रीको बास तथा भिडलाई ध्यानमा राखेर विद्यालयमा सार्वजनिक बिदा दिइएको हो ।
खास गरेर नेपाल तथा भारतको विभिन्न भूभागबाट ठूलो सङ्ख्यामा तीर्थयात्री जनकपुरध...