गण्डकी प्रदेशसभाको सोमबार सुरु विशेष अधिवेशनमा गण्डकी सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । अविश्वास प्रस्ताव पेश गर्ने २८ सांसदको तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वास प्रस्ताव पेश गरेका हुन् । नेपाली नयाँ मुख्यमन्त्रीमा प्रस्तावित छन् ।