ओलीलाई छल्न पाहुना नबोलाउने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छल्नका लागि देश तथा विदेशबाट पाहुना नबोलाउने भएको छ। मुलुकका प्रमुख राजनीतिक दलका नेताहरूलाई सम्मेलनमा शुभकामना दिन बोलाउनु पर्नेमा माओवादीले भने एमाले अध्यक्ष ओली पनि बोलाउनु पर्ने भएपछि सम्मेलनमा कोही कसैलाई नबोलाउने भएको हो।