कालिकोट (क) मा ‘फ्लोर क्रस’ गर्ने कुर्मराज पराजित, माओवादीका दुर्गले जिते

कालिकोटबाट प्रदेश सभा (क) मा नेकपा एमालेबाट उम्मेदवार बनेका कुर्मचार शाही पराजित भएका छन् । उनलाई नेकपा (माओवादी केन्द्र) का दुर्गबहादुर रावतले १ हजार ५९ मतान्तरले पराजित गरेका हुन् । खसेको ३१ हजार मतमध्ये रावतको पक्षमा ९ हजार ११ आएर निर्वाचित भए भने एमालेका शाहीको पक्षमा ७ हजार ९५२ आएको छ ।कुर्मराज निकै विवादित व्यक्ति हुन् । ०७४ मा सोही क्षेत्रमा एमालेबाट चुनाव लडेर ११ हजार ९३५ मतसहित विजय भएका उनी मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेका थिए । एमालेले उनको सांसद पद खोसिदिएपनि उनी ६