यु-१७ टोलीको बिदाइ

भियतनाममा हुने एएफसी यु १७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाइ गरेको छ ।  एन्फा मुख्यालय सातदोबाटोमा शनिबार बिहान वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र नवनियुक्त कार्यसमिति सदस्य रुपेश अधिकारीले युवा टिमलाई बिदाइ गरे ।यसअघि नै मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले गत महिना श्रीलंकामा सम्पन्न साफ यु १७ च्याम्पियनसिप खेलेको टोलीमा दुई खेलाडी परिवर्तन गर्दै टोली घोषणा गरेका छन् । टिममा रहेका मिराक लिङ्देन र प्रितम कार्कीले एएफसीय यु १७ एसियन कप छनोटका लागि घोषित टिमम