राप्रपा पदाधिकारी बैठक बस्दै, निर्वाचन आयोगको आग्रहबारे छलफल हुने

काठमाडौँ। आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक बस्दैछ। पार्टीको विधानबाट राजसंस्था र सनातन हिन्दू राष्ट्र भन्ने शब्द हटाउन निर्वाचन आयोगले गरेको आग्रहबारे छलफल गर्नको लागि बैठक बस्न लागेको हो।