कञ्चनपुर : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बेलौरी नगरपालिका-१० सडक घाटमा नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने भएको छ।शुक्रबार नेपाल–भारतका सीमा सुरक्षाकर्मीबीच लालपुर्जा भएको जमिन नेपाली नागरिकलाई जोत्न दिने सहमति भएको हो।दुवै देशका सर्भे टोलीले अनुगमन नगर्दासम्म नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने सहमति भएको सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीका एसपी अमरबहादुर ऐरले बताए। उनले भने, ‘सर्भे टोलीले अनुगमन गरेर समस्या समाधान नगर्दासम्म लालपुर्जा भएका