यस वर्ष धानको उत्पादनमा ह्रास आएको छ । गत वर्षभन्दा यसवर्ष चार लाख ९० हजार मेट्रिकटन धान कम उत्पादन भएको मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका एक अधिकारीका अनुसार गत वर्षको तुलनामा ८.७४ प्रतिशत धान कम उत्पादन भएको हो । धानको तथ्याङ्क सार्वजनिक गर्ने तयारी अवस्थामा रहेको मन्त्रालयका अनुसार यस वर्ष ५१ लाख ३० हजार ६०० मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्ष ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । यसपाली ६० लाख मेट्रिकटन धान उत्पादन गर्ने लक्ष्य कृषि मन्त्रालयले लिएको थियो