समृद्धि यात्राको कोसेढुङ्गा

लामै समयको तयारीपछि आयोजित दुईदिने तेस्रो लगानी सम्मेलन (वैशाख १६–१७ गते) सम्पन्न भएको छ । कुल ५४ देशका आठ सय जना विदेशी पाहुना र स्वदेशी उद्योगी व्यवसायी एवं सरकारी प्रतिनिधिसहित दुई हजारभन्दा बढीको सहभागिता रहेको सम्मेलनले मुलुकमा लगानी गर्न अनुकूल वातावरण रहेको विश्वास दिलाउन सफल भएको छ । १३३ वटा आयोजना र १९ वटा आशयपत्र माग गरिएका थप परियोजनासहित कुल १५२ वटा आयोजना ‘सोकेस’ मा राखिएकोमा जम्मा आठ वटा परियोजनाको समझदारीपत्रमा हस्ताक्षर हुन सकेको छ । यद्यपि अन्य थुप्रै परियोजनामा लगानीकर्ताको चासो रहेको र स