काठमाण्डाै - सरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मिति यसै महिनाभित्र घोषणा गर्ने तयारी गरेको छ ।
संविधान अनुसार प्रतिनिधि र प्रदेश सभा सदस्यको कार्यकाल पाँच वर्षको हुन्छ । जसअनुसार आउँदो मंसिर २२ गते अगाडि नै प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनाव हुनुपर्नेछ । त्यसका लागि निर्वाचन आयोगले छिट्टै सरकारलाई मितिबारे सिफारिस गर्ने र थप परामर्श गरी सरकारले यही महिनाभित्र मिति घोषणा गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।
परामर्श तथा सिफारिसलगत्तै असार मसान्तभित्र प्रतिनिधि सभा सदस्...