जंगलमा रोचक भिडन्त, भालुसँग डराएर भाग्यो बाघ [भिडियो]

जंगली जनावरमध्ये बाघ बलियो र आक्रामक मानिन्छ तर बाघ र भालुबीच भिडन्त हुँदा कसले जित्ला ? मान्छेका आ–आफ्नै अनुमान हुनसक्छन् तर ट्विटरमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा भालुसँग डराएर बाघ भागेको देखिएको छ । शुरूमा बाघ भालुमाथि आक्रमण गर्छ तर भालु डराउँदैन, बरु बाघसँग लडाइँ गर्छ । केहीबेर लडाइँ भएपछि भालु झन् आक्रामक हुन्छ र बाघलाई लखेट्छ ।  हेर्नुहोस् भिडियो – #ViralVideo Guess who won the fight.@NPbannerghatta @Bandipur_TR @nagaraholetr @brt_tiger @kudremukh_wild @aranya_kfd @...

सम्बन्धित सामग्री

‘बाघ गाउँ प्रवेश गर्न चाहदैन, साम्राज्य जमाएर जंगलमै बस्न रुचाउँछ’

नेपालमा ‘मानव-बाघ सहअस्तित्व’को नाराको साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व बाघ दिवस मनाइएको छ । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या तीन सय ५५ पुगेको छ । बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिने गरिन्छ । यो समाचारमा बाघको स्वभाव सहित रोचक जानकारी प्रस्तुत गर्दैछौं । नेपालमा बाघको संख्या उल्लेख्य रुपले […]

झापामा हुँदै नभएको बाघले आतंक मच्चाएको त्यो समाचार..

झापामा हात्ती आतंकबारे त समाचार निकै आउँछ। तर बाघ भेटिएको वा बाघले आतंक मच्चाएको खबर याद गर्नुभएको छ? पक्कै छैन। तर एक पटक झापामा बाघ भेटिएको समाचार आएको रहेछ। त्यो पनि सरकारी समाचार एजेन्सी राससमा। हुँदै नभएको बाघ भेट्टाइदिने यो समाचार आउनुको पछाडिको कथा झन् रोचक रहेछ। अस्ति झापामा फ्याक्ट चेक बारे पत्रकारहरुसित अन्तर्क्रिया गर्न… Continue reading

जीवजन्तुका रोचक पक्ष : जुन तपाईंलाई थाह नहुन पनि सक्छ

राजु आचार्य- ध्वाँसे चितुवा, बिरालो प्रजातिहरूमा सबैभन्दा लामो दाह्रा भएको प्रजाति हो, यिनीहरू बाँदर जसरी सजिलै रुख चढ्न र ओर्लन सक्छन्। पुच्छर, जिउ बराबर लामो हुने यी प्रजातिलाई विभिन्न ठाउँहरूमा रुख बाघ, टोड्के बाघ र निगाले बाघ पनि भन्ने गरिएको पाइएको छ। ध्वाँसे चितुवाको वयस्क भाले २५ किलोग्राम सम्मको हुन्छन…

स्कुटरमा जाँदा सामुन्ने बाघ देखिएपछि ... [भिडियो]

अकस्मात सामुन्ने बाघ देखिएपछि के गर्नुपर्ला ? धेरैको जवाफ हुनसक्छ – भाग्नुपर्छ । तर भारतमा भएको एउटा घटनाको रोचक भिडियो भाइरल भइरहेको छ । भारतको गुजरातमा भएको घटना बताउँदै आईएफएस सुशान्ता नन्दाले शेयर गरेको भिडियो यतिबेला चर्चामा छ । भिडियोमा २ जना व्यक्ति गाउँको बाटो हिँडिरहेका बेला अगाडि बाघ आएको देखिन्छ । बाघ देख्दा ती व्यक्ति आत्तिँदैनन्, बरु स्कुटर रोक्छन् ।  बाघ बाटैबाटो झन्–झन् नजिक आइरहेको देखिन्छ । तैपनि ती व्यक्ति आत्तिँदैनन् । तर बाघ एकछिनपछि जंगलतिर जान्छ । ती व्यक्तिहरू सुरक्षित महसूस ...