धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका योजना कार्यान्वयनमा स्थानीय तहमा समस्या देखिएको छ। प्रदेश सरकारले योजना छनोट गर्दादेखि नै विवाद हुने र कार्यान्वयनमा समेत समस्या हुने गरेको हो।सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्यतर्फको बजेटमा दार्चुलाको शैल्यशिखर नगरपालिका–८ मा शहरी स्वास्थ्य केन्द्र प्रयोगमा नआउँदै जीर्ण बनेको छ।यसैगरी बाजुराका चार स्थानीय तहमा स्वास्थ्यतर्फको भवन निर्माण अधुरो छ। बाजुराको बुढीगंगा नगरपालिका स्वामीकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकामा प्र