दूध र महको मिश्रण अत्यन्तै स्वस्थकर हुन्छ । भारतको नेसनल इन्स्टिच्युट अफ आयुर्वेदका प्राध्यापक सीआर यादवका अनुसार, दूध र मह आफूआफूमै स्वस्थकर कुरा भएपनि यी दुईको मिश्रणले झनै बढी फाइदा गराउँछ ।
राति सुत्नुअघि मनतातो दूधमा मह हालेर पिउँदा राम्रो निद्रा लाग्छ अनि शरीरमा पोषक तत्त्व पनि मजाले सोसिन्छ ।
यसका अन्य फाइदा यस्ता छन् :
मनतातो दूध र महमा ट्रिप्टोफ्यान नामक तत्त्व हुन्छ जसले शरीरलाई आराम दिलाएर राम्रो निद्रा ल्याउँछ ।
यसमा प्रोटीन र कार्बोहाइड्रेट्सको राम्रो सम्मिश्रण हुन्छ जसले तागत र स्टेमिना बढाउँछ ।
मनता...