शाखारहित बैंकिङ धमाधम घट्दै

काठमाडौं । बैंक, वित्तीय संस्थाको शाखा नपुगेका स्थानमा वित्तीय पहुँच पुर्‍याउन शुरू गरिएको शाखारहित (ब्रान्चलेस) बैंकिङ सेवा केन्द्रको संख्या घट्न थालेको छ । गाउँगाउँमा बैंकका शाखा खुल्न थालेपछि शाखारहित बैंकिङ बन्द हुन थालेका हुन् ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८० असारमा १ हजार ३ सय १९ ओटा शाखारहित बैंकिङ सेवाकेन्द्रले ३ लाख २० हजारभन्दा बढीलाई सेवा दिएका छन् । सेवाकेन्द्र संख्या अघिल्लो वर्ष असारको तुलनामा कम हो । २०७९ असारमा १ हजार ५ सय ४८ त्यस्ता केन्द्रमार्फत २ लाख ८३ हजारभन्दा बढी ग्राहकले सेवा लिएका थिए । गतवर्षको तुलनामा शाखारहित बैंकिङमा सेवाग्राहीको संख्या बढे पनि सेवाकेन्द्र संख्या भने घटेको देखिन्छ ।  राष्ट्र बैंकले २०६६ जेठमा शाखारहित बैंकिङ सेवाको अवधारणा ल्याएपछि २०६८ सालमा यो सेवा शुरू भएको थियो । एक दशकसम्म शाखारहित बैंकिङ विस्तार भए पनि २०७८ असारयता घट्न थालेको हो । २०७२ सालको महाभूकम्पपछि दातृ निकायले पनि शाखारहित बैंकिङ सेवा विस्तारका लागि सहयोग गरेका थिए । तत्कालीन समयमा बेलायती सहयोग नियोगको सहयोगमा सञ्चालित सक्षम परियोजनाले भूकम्प प्रभावित १४ जिल्ला तथा सुदूर र मध्यपश्चिमाञ्चलमा शाखारहित बैंकिङ सेवा विस्तार गर्न सहयोग गरेको थियो । उक्त सहयोग बन्द भएपछि शाखारहित बैंकिङ सेवाकेन्द्रहरू बन्द हुन थालेका हुन् ।  पछिल्लो समय राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवा बन्द गर्न कडाइ गरेको छ । उसले ६ महीनादेखि सञ्चालनमा नरहेको र अन्य बैंकको शाखा विस्तार भई वित्तीय पहुँच विस्तार भएको अवस्थामा मात्र शाखारहित बैंकिङ सेवाकेन्द्र बन्द गर्न पाइने व्यवस्था गरेको हो । यो बन्द गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ ।  पछिल्लो समयमा बैंक, वित्तीय संस्थाको शाखा विस्तारले शाखारहित बैंकिङ घटेको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहालले बताए । विद्युतीय कारोबारको विस्तारले पनि शाखारहित बैंकिङको महत्त्व घटाएको उनको भनाइ छ ।  बैंकको शाखा नभएका स्थानमा सरल तथा सहजरूपमा वित्तीय पहुँच पुर्‍याउन राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवाको अवधारणा ल्याएको थियो । यो सेवाअन्तर्गत शाखा नपुगेका स्थानमा बैंकले स्थानीय व्यापारी वा सेवाग्राहीसँग सम्झौता गरेर प्रतिनिधि तोक्छ । उक्त प्रतिनिधिले बैंकले उपलब्ध गराएको मेसिनमार्फत स्थानीयलाई खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, विप्रेषण भुक्तानी र ससानो ऋण लगानीलगायत सेवा दिन्छन् । राष्ट्र बैंकको निर्देशनमा बैंक, वित्तीय संस्थाले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाबाहेक शाखा नभएका क्षेत्रमा शाखारहित सेवा विस्तार गर्न पाउने प्रावधान छ । 

सम्बन्धित सामग्री

सन्राइज बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

सन्राइज बैंकले थप चार स्थानमा शाखारहित बैंकिङ सेवाको विस्तार गरेको छ ।बैंकको ९२औं र ९३औं शाखारहित बैंकिङ सेवा कल्याणपुर नगरपालिका ईटारी प्रसाही, सिराहामा र रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका दुधिअवामा विस्तार गरेको हो । यसैगरी बैंकले ९४औं शाखारहित बैंकिङ सेवा सिराहा जिल्लाको लहान नगरपालिका शोभापुरमा सञ्चालनमा ल्याएकोे छ । ९५औं शाखारहित बैंकिङ सेवाको सुरूवात बैंकले झापा […]

झापाको बाह्रघरेमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

सनराइज बैंकले झापाको बाह्रघरेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ८६ पुगेको छ ।

मेगा बैंकका चार नयाँ शाखारहित बैंकिङ सेवा

मेगा बैंक नेपाल लिमिटेडले बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका चार स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले सुनसरीको भोक्राहा, सिन्धुपाल्चोकको थाङ्पाल र कुभिन्डे तथा धादिङको ज्वालामुखी गाउँपालिका सातदोबाटोमा शाखारहित...

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालन

ग्लोबल आइएमई बैंकले दुई वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेको दाप्चाबजार र ताप्लेजुङको सिन्वामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी २ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २६२ पुगेको छ ।बैंकले काभ्रेको नमोबुद्ध नगरपालिका –८ दाप्चा बजार र ताप्लेजुङ जिल्लाको फाक्ताङलुङ गाँउपालिका […]

ग्लोबल आइएमई बैंकका तीन शाखारहित बैंकिङ सेवा सञ्चालन

ग्लोबल आइएमई बैंकले तीन नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी तीन शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २६० पुगेको छ ।बैंकले इलाम जिल्लाको देउमाई नगरपालिका–७ पञ्चमी बजार, पाल्पा जिल्लाको रैनादेवी छहरा […]

ग्लोबल आइएमई बैंकको  तीन नयाँ शाखारहित बैंकिङ

ग्लोबल आइएमई बैंकले ३ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी ३ शाखारहित...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा बर्दियामा

सिटिजन्स बैंक इन्टरनेसनलले बैंकिङ पहँुच नपुगेका देशका विभिन्न स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।बैंकले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकास्थित जोगीगाउँ बजारमा शाखारहित बैंकिङ सेवा सुरुवात गरेको हो । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी चित्रबहादुर थारुलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । शाखारहित […]

सन्राइज बैंकको शाखारहित बैंकिङ सेवा

सन्राइज बैंकले ललितपुर जिल्लाको महांकाल गाउँपालिका–६, ठुलादुर्लुङ र सप्तरी जिल्लाको खड्क नगरपालिका–११, बनौलीमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो दुुुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७६ पुगेको छ ।बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत ग्राहकहरुले एटीएम कार्ड प्रयोग […]

ताप्लेजुङको फक्ताङलुङमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौं : सनराइज बैंक लिमिटेडले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-३ सिवामा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ। सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७४ पुगेको छ।बैंकले शाखारहित बैंकिङ सेवाको व्यवसाय प्रतिनिधिका रुपमा पदमबहादुर बुढाथोकीलाई नियुक्त गरेको छ। शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने तथा निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ।हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ७४ वटा शाखारहित बै

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा कल्यानपुर भेडियामा

सनराइजबैंक लिमिटेडले सिराहा जिल्लाको कल्यानपुर नगरपालिका ७, भेडीयामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ६९ पुगेको छ । बैंकले कल्यानपुर नगरपालिका ७ भेडीयामा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा दिपेन्द्र शाहलार्ई नियुक्त गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथिमा जिल्ला समन्बय […]