दश वर्षअघि अफ्रिकी मुलुक लिबियाका शासक कर्नेल मुअम्मार अल–गद्दाफीको हत्या गरिएपछि उक्त देश अहिलेसम्म युद्ध र अस्थिरताको भुमरीमा फसिरहेको छ ।
सन् २०११ को अक्टोबर २० मा गद्दाफीलाई उनको गृहनगर सिर्तेमा उनी लुकिरहेको गोप्य स्थानबाट घिसार्दै बाहिर ल्याएर हत्या गरिएको थियो । हत्या गर्नुअघि उनलाई लात्ता र मुक्कीले हानेर घोर अपमान गरिएको थियो । त्यसपछि उनीमाथि कैयौं राउन्ड गोली चलाइएको थियो ।
गद्दाफीले आफ्नो मुलुकलाई अफ्रिकाकै सबभन्दा धनी मुलुक बनाएका थिए । उनको मृत्युपछि लिबिया कबिलावाद, आतंकवाद र दासताको...