रोहिणी खोला बस दुर्घटनाका मृतक ५ जनाको सनाखत

काठमाडौं: रुपन्देहीको भैरहवा नजिकै रोहिणी खोलामा बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ५ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका २ का ५६ वर्षीय विष्णु पौडेल, बुटवल उपमहानगरपालिका ११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, रौतहट चन्द्र निगाहापुरका २० वर्षीय दिनेश दास र भारत जनकपुर ग्रामका ४० वर्षका अरविन्द शर्मा रहेका डिएसपी नवरत्न पौडेलले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार अन्य ४ जनाको सनाखत हुन बाँकी र