४७ हजार गणक माग्दा १ लाख ९० हजारको आवेदन

राष्ट्रिय जनगणनामा खटिने जनशक्ति आवश्यकभन्दा चार गुणाभन्दा बढीले आवेदन दिएका छन् । केन्द्रीय तथ्यांक विभागले अनलाइनमार्फत् करार कर्मचारी आह्वान गरेअनुसार अधिक संख्यामा आवेदन परेको हो । आवेदकमध्ये ५५ प्रतिशत महिला छन् भने ८७ जना लैंगिक अल्पसंख्यक समुदायको रहेको विभागले जनाएको छ ।