काठमाडौँबाट हङकङमा चरेस पठाउने समूहका सात जनालाई लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । कारखाना नै सञ्चालन गरेर थाङ्कामा लुकाएर कार्गो मार्फत चरेस पठाउने समूहलाई नियन्त्रणमा लिइएको ब्युरोका प्रवक्ता (एसपी) जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा मोरङ उर्लाबारीका अन्जित थापा, सिन्धुपाल्चोक घर भएका सुजन श्रेष्ठ र जालिन्द्र श्रेष्ठ उर्फ सागर सहित सात जना छन् । पर्सा घर भएका दिनदयाल महतो उराव, दीपेन्द्र महतो, मकवानपुरका रवि मोक्तान र धादिङ थाक्रे गाउँपालिका घर भएका मोतिलाल तामाङला