‘रे’ वादी दर्शन

विश्वमा पौरस्त्य र पाश्चात्य गरी दुई किसिमका दर्शन छन् । पौरस्त्य अर्थात् पूर्वीय दर्शन पनि आस्तिक र नास्तिक, प्राचीन र आधुनिक गरी धेरै वर्गमा वर्गीकृत छ । आधुनिक युगमा आक्कलझुक्कल प्राचीन दर्शनको चर्चा हुने गरे तापनि आधुनिक दर्शनकै बोलाबोला हुनु अस्वाभाविक होइन । हाल, एउटा नयाँ दर्शन नेपालमा प्रादुर्भाव भएर दक्षिण एसिया हुँदै विश्वव्यापी, लोकप्रिय बन्दै गएको छ – ‘रे’वादी दर्शन । यसलाई उत्तरआधुनिक दर्शन भनेर मात्र पनि पुग्दैन, अतिउत्तरआधुनिक दर्शन नै भन्नुपर्ने हुन्छ ।  वास्तवमा दर्शन गुढ रहस्य हो । यम, नियम, आस...