नागरिकता जस्तो अत्यन्त संवेदनशील विषयमा राष्ट्रिय सहमति बिना सत्ता स्वार्थका लागि सरकारले अध्यादेश जारी गरेकोमा राप्रपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संसदमा विश्वासको मत लिन नसकेर प्रतिनिधि सभा विघटन गर्ने, विघटनको दुई दिन नपुग्दै संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयकलाई अध्यादेशको रूपमा जारी गर्नु सरकारको वदनियतपूर्ण कार्य भएको पार्टीको ठहर छ ।अध्यक्षत्रय पशुपति शम्शेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले विज्ञप्ति जारी गर्दै भनेका छन् – प्रत्येक नेपालीले सहज र सरल रू