काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे मिति घोषणा गर्ने कुरा संविधान, कानुनअनुसार नै भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफूसँग परार्मशसमेत नगरि सरकारले चुनावकाे मिति घोषणा गरेको भन्दै असन्तुष्टि जनाइरहेका बेला मन्त्री कार्कीले यस्तो स्पष्टीकरण दिनुभएको हो ।
आज शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ पाँच दलको बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले निर्वाचन आयोगको परा...