किन खस्कियो विभागीय टोलीको लोकप्रियता ?

इलाम : ६० को दशकमा नेपाली राष्ट्रिय टिममा विभागीय क्लबमा आवद्ध खेलाडीको दबदबा हुन्थ्यो। घरेलु फुटबलमा समेत विभागीय टोलीलाई उपाधिको दाबेदारको रुपमा हेरिन्थ्यो। तर ७० को दशकमा आएपछि नेपाली फुटबलको शीर्ष चारमा रहन नै विभागीय टोलीहरुलाई हम्मेहम्मे देखिन्छ। त्रिभुवन आर्मीबाहेक नेपाल पुलिस र एपिएफले बिरलै मात्र प्रतियोगिता जित्न सफल भएका छन्।१७/१८ वर्षअघि राष्ट्रिय टोलीका कप्तान हरि खड्का, अनन्तराज थापा, जुमानु राई, देवनारायण चौधरी, राकेश श्रेष्ठ सम्मिलित नेपाल पुलिस क्लब खेल मैदानमा प्रवेश गर्दा